विश्वभर ८० प्रतिशतले बढ्यो दादुराः राष्ट्र संघ

राष्ट्रपाटी न्युज

१५ बैशाख २०७९

न्युयोर्क । यस वर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ । रोग वृद्धिले अन्य रोगहरूको प्रकोप हुने सम्भावना संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ ।

कोरोना भाइरस महामारीले विश्वभर गैरकोभिड रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध गरेको र यसले लाखौं बालबालिकाको जीवनलाई जोखिममा पार्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले जनाएका छन् ।

राष्ट्रसंंघको तथ्यांकअनुसार जनवरी र फेब्रुवरीमा विश्वभर १७ हजार ३ सय जनामा दादुरा देखिएको छ । गत वर्ष सोही अवधिमा ९ हजार ६ सय जनामा यो रोग देखिएको थियो ।

पछिल्लो १२ महिनादेखि अप्रिलसम्म दादुराका २१ वटा ठूला प्रकोप भएका छन् । तीमध्ये अधिकांश अफ्रिका र पूर्वी भूमध्यसागरमा देखिएका छन् । (एजेन्सी)


Published :१५ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media