गम्भीर सवारी दुर्घटनामा गायक प्रमोद खरेल

राष्ट्रपाटी न्युज

१५ बैशाख २०७९

काठमाडौं । गायक प्रमोद खरेलले आफू गम्भीर सवारी दुर्घटनामा परेको जानकारी दिएका छन् । दाङको तुलसीपुरमा हुने कार्यक्रममा सहभागी हुन होटेलमा जानेक्रममा बुधबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले बताए ।

दुर्घटनामा परेपछि बेहोस भएका गायक खरेलको ४५ मिनेटमा होस खुलेको बताएका छन् । राति नै डिस्चार्ज भएर गायक खरेल काठमाडौं आएर सिटी स्क्यानलगायत सबै परीक्षणपछि अहिले आराम गरिरहेको उनले जानकारी दिए । उनका अनुसार बाहिरी चोट भए पनि आन्तरिक रुपमा कुनै समस्या नदेखिएको र विस्तारै सामान्य हुनेक्रममा रहेको गायक खरेलको भनाइ छ ।

दुर्घटनामा परेपछि गायक खरेलले दुई चार दिन रेकडिङसहितका  सबै कार्यक्रम स्थगित गरेका छन् ।

यसबारे जानकारी दिँदै गायक खरेलले फेसबुकमा लेखेका छन् :

एउटा अर्को युद्ध जीन्दगी सँग काठमाण्डू मा रेकर्डींग सकेर हिजो सॉझ नेपालगञ्ज Flight लिएर तुलसीपुर दाङमा हुने कार्यक्रमका लागि राती १ बजे होटल पुग्न १० मिनेट मात्रअघि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्यो । कार रोडको पर्खालमा बज्रिएछ। अर्धनिन्द्रामै मेरो होश त्यहीँ गुमेछ । दुर्घटनापश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर bed मा बसॉउदा मात्र झण्डै ४५ मिनटपछि मेरो होस आएछ । त्यसपछि पनि करिब ५/७ मिनेट कहॉबाट आएँ कहॉ छु पत्तै पाइन । गाड़ीको Air bag seat belt ले ज्यान जोगाएछ । सँगैका दुई आयोजक भाइहरु रकताम्य देख्दा छन् मन झनै डरायो । राति ४ बजे होटल अस्पताल डिस्चार्ज भएर काठमाडौँ आइपुगेँ । काठमाण्डौँमा करिब ६ घण्टा अस्पतालमा Ct scan लगायत सबै जॉचपछि bed rest मा छु । बाहिरी चोट भए पनि internal problem सबै नेगेटिभ आएको छ । बिस्तारै सामान्य हुने क्रममा छु । अब कम्तीमा ३/४ दिन सबै रेकर्डिङ र अन्य कार्यक्रम स्थगित गरेको छु । आशा छ छिट्टै काममा फर्कने छु । एक हिसाबमा फेरि एकपटक भगवानले हात थामिदिनुभएको छ । उपचारमा संलग्न Dr Ranjan , Dr srijana , sister Manju , अन्य नर्सहरु ( Manmohan cardio Teaching hospital), दाङ hospital, कर्ण ओली, बिमल ढकाल भाइलगायत सम्पूर्णप्रति कृतज्ञ छु ।


Published :१५ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media