चलचित्र ‘लालीबजार’लाई प्रदर्शन अनुमति

राष्ट्रपाटी न्युज

बैशाख २३, २०८३

काठमाडौँ । चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोकिएको विवाद टुंगिँदै अब प्रदर्शनको बाटो खुलेको छ।

उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नदेखिएको भन्दै चलचित्र प्रदर्शन गर्न सकिने आदेश दिएको हो।
अदालतले रिट निवेदनमा उठाइएका विषयहरू अन्तिम सुनुवाइका क्रममा विचार हुन सक्ने भए पनि हालको अवस्थामा अल्पकालीन अन्तरिम आदेश जारी राख्नुपर्ने अवस्था नदेखिएको स्पष्ट गरेको छ।

यससँगै चलचित्र ‘लालीबजार’ प्रदर्शनमा आउने बाटो खुलेको छ। यसअघि वैशाख १५ गते अदालतले प्रदर्शन रोक्ने आदेश दिएको थियो, जसपछि १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र अनिश्चित बनेको थियो।


Published :बैशाख २३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media