रुसी हमलामा युक्रेनी पत्रकार भेरा ग्यारिचको मृत्यु

राष्ट्रपाटी न्युज

१७ बैशाख २०७९

किभ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हवाई हमला गरेको रुसले पुष्टि गरेको छ । रुसले दुई सातापछि पहिलोपटक क्षेप्यास्त्र प्रहार गरेको हो । हमलामा एक युक्रेनी पत्रकार मारिएकी छिन् ।

हमलामा अमेरिकी अनुदान प्राप्त रेडियो फ्री युरोप-रेडियो लिबर्टीकी निर्माता भेरा ग्यारिचको मृत्यु भएको हो ।  राजधानी किभमा उनी बस्ने भवनमा रुसी क्षेप्यास्त्र प्रहारबाट ग्यारिचको मृत्यु भएको मिडिया समूहले जनाएको छ ।

उच्च सटिक र लामो दूरीको हावामा आधारित हतियार तैनाथ गरेको र त्यसले राजधानी किभमा आर्टियोम मिसाइल र अन्तरिक्ष उद्यम उत्पादन भवनहरू ध्वस्त पारेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेन संकटबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच वार्ता भइरहेका बेला किभमा रुसी हमला भएको थियो । (एजेन्सी)


Published :१७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media