युक्रेनमा मारिओपोलको स्टिल कारखानाको बंकरबाट दर्जनौँ सर्वसाधारणको उद्धार

राष्ट्रपाटी न्युज

१९ बैशाख २०७९

किभ । युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोलबाट दर्जनौं नागरिकलाई उद्धार गरिएको छ । मारिओपोलस्थित एउटा उद्योग परिसरमा फसेकामध्ये केहीको उद्धार भएको हो । रुसले आफ्नो नियन्त्रणमा रहेको गाउँमा दर्जनौं सर्वसाधारण पुगेको बताएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा ठूलो समूह युक्रेनको नियन्त्रणमा रहेको जापोरिज्जियातर्फ लागेको बताएका छन् । करिव एक सयजनाको पहिलो समूह नियन्त्रित क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ’, उनले ट्विट गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘भोलि सोमबार हामी उनीहरूलाई जापोरिज्जियामा भेट्नेछौँ । हाम्रो टोलीलाई धन्यवाद ! अब तिनीहरू राष्ट्रसँग मिलेर कारखानाबाट अन्य नागरिकहरूलाई बाहिर निकाल्ने काममा छन् । ’

राष्ट्रसंघले शनिबार नागरिकहरूलाई बाहिर निकाल्न ‘सेफ प्यासेज अपरेसन’ सुरु भएको पुष्टि गरेको छ । सो कार्यमा रेडक्रसको पनि संलग्नता रहेको थियो । (एजेन्सी)


Published :१९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media