मौसम पूर्वानुमानः आज पनि वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

२५ बैशाख २०७९

काठमाडौं । आइतबार बिहान प्रदेश १ का तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा मौसम प्रतिकूल बनेको हो ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ ।

सोमबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।


Published :२५ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media