आठ लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ

राष्ट्रपाटी न्युज

२५ बैशाख २०७९

मोरङ । विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नीदेवी सहनी रहेकी छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी इलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।


Published :२५ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media