जघन्य युद्ध अपराधमा राष्ट्रपति पुटिन दोषी छन् : क्यानडाका प्रधानमन्त्री ट्रुडो

राष्ट्रपाटी न्युज

२६ बैशाख २०७९

किभ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनको भ्रमण गरी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट गरेका छन् । भेटपछि दुई नेताले पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

‘जघन्य युद्ध अपराधका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दोषी छन्’, ट्रुडोले भने ।

क्रुर युद्धका लागि राष्ट्रपति पुटिन जबाफदेही हुनुपर्ने उनले बताए । भ्रमणका अवसरमा ट्रुडोले किभस्थित क्यानाडाली दूतावासमा झण्डा फहराएका थिए ।

‘क्यानाडा सधैं युक्रेनसँग काँधमा काँध मिलाएर उभिनेछ’, ट्रुडोले भने, ‘हामी युक्रेन र त्यहाँका जनतालाई हाम्रो समर्थन देखाउन यहाँ छौँ । ’
पछिल्लो समयमा रुसी सेनाले पूर्वी युक्रेनको दोनेत्स्कमा हमला गरेको छ । रुसी सेनाले एउटा विद्यालयमा गरेको हमलामा ६० जना मारिएको आशंका गरिएको छ । (एजेन्सी)


Published :२६ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media