ललितपुरमा एमाले उम्मेदवारको गाडी तोडफोड

राष्ट्रपाटी न्युज

२७ बैशाख २०७९

ललितपुर । ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएको छ । युवा संघ नेपाल बागमती-३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका-३ बुलाका वडासदस्य नारायण भोम्जन उम्मेदवारको गाडी तोडफोड भएको हो ।

कांग्रेसका कार्यकतार्ताले गाडी तोडफोड गरेको उनले जिकिर गरे ।

उनले भने, गाडी भिरालो ठाउँमा नभएकाले तत्काल दुर्घटना हुन पाएन । ब्रेकको तार निकालेको थाहा पाएपछि हामी रातभर गाडीमै बस्यौं ।

खड्काले गाडीको झण्डा पनि निकालेर फ्याँकिएको बताए । उनले भने,‘साँझ ७ बजेर ३० मिनेटमा बुलाकी चौर पुगेका थियौं । राती १० बजेर ३० मिनेटमा फर्कदा गाडी तोडफोड गरेको अवस्थामा रहेको भेटियो ।’

निर्वाचनको क्रममा भोट माग्नका लागि पार्टीका कार्यकर्ता गणेश जिम्माको घरमा गएको खड्काले बताए ।

उनले भट्टेडाँडा प्रहरी चौकीलाई राति नै सुरक्षाका लागि खबर गरेको बताए ।

कांग्रेस गाउँपालिकाका सभापतिसमेत रहेका पालिकाका अध्यक्षका उम्मेदवार विरबहादुर लोप्चनले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।


Published :२७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media