भारत र पाकिस्तान युद्धविराम गर्न सहमतः ट्रम्प

राष्ट्रपाटी न्युज

बैशाख २६, २०८२

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान पूर्ण एवं तत्काल युद्धविरामका लागि सहमति जनाएको बताएका छन्। ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा यस्तो बताएका हुन्।

उनले भनेका छन्,‘अमेरिकाको मध्यस्थतामा भएको लामो कुराकानीपछि भारत र पाकिस्तान पूर्ण एवं तत्काल युद्धविरामका लागि सहमत भएको घोषणा गर्न पाउँदा खुसी लागेको छ।’

पाकिस्तानका उपप्रधान एवं विदेशमन्त्री इसहाक डारले पनि पाकिस्तान र भारत पूर्ण एवं तत्काल संघर्षविरामका लागि राजी भएको बताएका छन् ।

डारले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘पाकिस्तन र भारत तत्काल संघर्षविराम गर्न तयार भएको छ। पाकिस्तान सधैँ सम्प्रभुता र क्षेत्रीय अखण्डतासँगै विना सम्झौता क्षेत्रमा शान्ति र सुरक्षा चाहन्छ ।’

यद्यपि भारतले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।


Published :बैशाख २६, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media