कस्तो छ तपाईंको आजको राशिफल ?

काठमाडौं । १ जेठ २०७९, आइतबार । तद्नुसार मे महिनाको १५ तारिख २०२२ । वैशाख शुक्लपक्ष चतुर्दशी तिथि, ज्येष्ठ संक्रान्ति पूर्णिमा व्रत छ ।

आज बिहान सूर्योदय ५ः१७ मा भएको छ भने सूर्यास्त १८ः४५ मा हुनेछ । आइतबारलाई आदित्यवार अर्थात् सूर्यको बार पनि भनिन्छ । आइतबार बिहान सूर्यनारायणको दर्शन गरेर मात्र काम गर्दा साताका दिन शुभ हुनेछन् ।

वणिज करण, स्वाती नक्षत्र,व्यतिपात योग, चन्द्रमा तुला राशिमा छ । आज बिहान ११ः३४ देखि १२ः२८ सम्मको समय अभिजित महूर्त छ । यो समयमा कुनै पनि शुभकार्य गर्न सकिन्छ । आजका देवता रुद्र र ग्रहदेव राहु हुन् ।

मेषः  आज व्यापारव्यवसायबाट लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग पाउनुहुनेछ । मेष राशिका जातका लागि आजको दिन सूर्यनारायणका दर्शन निकै फलदायी हुनेछ । बिहानको उदाउदो सूर्यको दर्शन र देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर उर्जा र कार्यसिद्ध हुनेछ ।

वृषः आजको दिन अनुकुल छ । मनमा मानसिक चिन्ता, अनसन्तुष्टि हटेर जानेछ । यात्राकोअवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । तपाईंले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । बोली र वाणीमा निकै प्रभाव पर्ने देखिन्छ ।

मिथुनः परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । मिथुन राशिका जातकले आजको दिन मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईंले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता छ ।

कर्कटः आफन्त र मित्रजनबाट साथ सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा विवाद हुनसक्छ । स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नसक्छ । आजको दिन होसियारीपूर्वक कार्य गर्नुहोला । । आफूले गरिरहेको व्यापार र कामबाट हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ ।

सिंहः तपाईंको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजय प्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । तपाईंको गरेको कामको प्रशसा हुनेछ । धैर्यवान राख्नका लागि उपाय गर्नुहोला ।

कन्याः अर्थ लाभ हुनसक्छ । यात्राका लागि अवसर प्राप्त हुनेछ । आजको दिन सुरु गरेको यात्राले नयाँ योजना बनाउन सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अनुसन्धानको काममा लाग्नु भएको छ भने सफलता मिल्नेछ ।

तुलाः चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईंमाथि अनेक आरोप लगाउन सक्छन भने हानी हुनसक्छ । सन्तान र आफन्तजनबाट प्राप्त हुने सहयोगले सफलता मिल्नेछ । बिहान सूर्यनारायणको दर्शन गर्नुहोला ।

वृश्चिकः व्यापारबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आर्थिक कारोबार गर्दा भने अलिकति विचार गर्नुहोला ।

धनुः नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईंलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।

मकरः अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रचनात्मक काम र कलाकारितामा कार्य गर्ने मीन राशिका जातकका लागि खुसीयाली छाउने छ । तपाईंले विगतदेखि गर्दै आएको जे काम भए पनि त्यसको सफलताका लागि एक कदम अगाडि बढ्दा तलाभ हुनेछ । आजको दिन आफ्नो आम्दानीअनुसार दान दिनुभयो भने गरिबलाई केही खानेकुरा दिनुभयो भने मनमा आनन्द मिल्नेछ ।

कुम्भः सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अर्थलाभ, मित्रको साथ सहयोग र सोचअनुसार काम हुनेछ । आजको दिन कसैसँग विवाद हुने काम र कुरा नगर्नु नै उत्तम हुनेछ । सामाजिक काम र सकारात्मक सोच राख्नु पर्ने दिन हो आज ।

मीनः आज पराक्रम गर्ने दिन हो । व्यापारबाट धनलाभ हुनेछ । आफन्त र मित्रजनको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । तपाईको समय निकै उत्तम रहेको छ । सोचअनुसारको काम अघि बढ्ने छ । साँझको समयका देवालयको यात्रा हुनसक्छ । यो यात्रा पनि फलदायी हुनेछ ।


Published :१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media