भक्तपुरमा नेमकिपा र कांग्रेस दुुई/दुई वटा वडामा विजयी

भक्तपुर । भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ । भक्तपुर नगरपालिका वडा नं १ र ३ मा उक्त पार्टीका उम्मेदवारहरू वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको हो । वडा नं १ को वडा अध्यक्षमा श्यामकृष्ण खत्री र वडा नं ३ को वडा अध्यक्षमा राजकृष्ण गोरा पूरै प्यानलसहित विजयी भएका हुन् । यी दुवै उम्मेदवार यसअघिको स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्ष थिए ।

उता नेपाली कांग्रेसले पनि दुई वटा वडा जितेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं १ र २ मा वडा अध्यक्षमा विजयी भएको हो । वडा नं १ मा बाबुकाजी डंगोल विजयी भएका हुन् । त्यहाँं एक जना वडा सदस्य भने एमालेबाट विजयी भएका छन् । यता मध्यपुर थिमि नगरपालिका वडा नं २ मा पनि कांग्रेसकै श्रीकृष्ण श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।


Published :१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media