सल्यानका २१ वडामध्ये कांग्रेस १०, माओवादी ७ र एमाले ४ वडामा विजयी

सुर्खेत । सल्यानका ८३ वडामध्ये २१ वटा वडाको मतगणना सकिएको छ । मतगणना सम्पन्‍न भएका २१ वडामध्ये कांग्रेस १०, माओवादी ७ र एमाले ४ वटा वडामा विजयी भएको छ ।

कांग्रेसः शारदा नगरपालिका-१ मा प्रदीप पाण्डे, २ मा सविन हमाल, ३ मा तुलसा भण्डारी वडाध्यक्षमा विजयी भएका छन् ।

बागचौर नगरपालिका-१२ मा टीकाराम ओली, ११ मा केशबहादुर भण्डारी, बनगाड कुपिण्डे-१ मा थुमबहादुर बिसी, १२ मा लालबहादुर घर्ती, छत्रेश्वरी-१ मा प्रकाश हमाल, त्रिवेणी-१ मा दलबहादुर बस्नेत र कुमाख-२ मा इश्वरी शाही वडाध्यक्षमा निर्वाचित भएका छन् ।

माओवादी केन्द्रः कुमाख-१ मा डिल्ली राना, ६ मा कर्णबहादुर विक, ७ मा डम्बर शाही, दार्मा-१ मा टंक ओली, सिद्ध कुमाख-१ मा रमेश चलाउने, छत्रेश्वरी-२ मा प्रेम नेपाली र कपुरकोट-१ मा बालाराम खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् ।

एमालेः कालीमाटी-४ मा बेलबहादुर चन्द, ५ मा टोपबहादुर कार्की, त्रिवेणी-२ मा हस्त बहादुर राम्जा र कपुरकोट-२ मा इश्वरी बुढा वडाध्यक्षमा निर्वाचित भएका छन् ।


Published :१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media