रवि पक्राउको विरोधमा पोखरा र चितवनमा रास्वपाको आज पनि प्रदर्शन

राष्ट्रपाटी न्युज

५ कार्तिक २०८१

काठमाडौं । पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज पनि प्रदर्शन गरेको छ ।

लामिछाने निर्दोष रहेको र राजनीतिक प्रतिशोधका आधारमा सरकारले पक्राउ गरेको भन्दै रास्वपाले आज पोखराको पृथ्वीचोकमा र चितवनको निर्वाचन क्षेत्र नं. २ मा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, माफियाहरूलाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावाद, निलो क्रान्ति जिन्दावाद लगायत लेखिएको प्लेकार्ड बोकेका छन् ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि काठमाडौंबाट शुक्रबार पक्राउ परेका लामिछानेलाई आइतबार कास्की अदालत पेश गरिएको थियो ।

अदालतमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिइएको छ ।

सभापति लामिछाने पक्राउ गरेपछि पूर्वघोषित कार्यक्रमहरु स्थगित गरेर सिंगो पार्टी पोखरामा केन्द्रीत भएको छ ।


Published :५ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media