मिस नेपाल-२०२२ का २८ प्रतिस्पर्धी चयन

राष्ट्रपाटी न्युज

जेष्ठ ६, २०७९

काठमाडौं । मिस नेपाल २०२२ का लागि २८ जना प्रतिस्पर्धी छनोट भएका छन् । १९६ जनाले अडिसन दिएकामा द हिडन ट्रेजरले २८ जनालाई छानेको हो ।

हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले २८ जनाबाट पनि २४ जनालाई अन्तिम प्रतिस्पर्धीका लागि चयन गरिने बताए । छानिएका   सबैको नाम आगामी साता सार्वजनिक गर्ने तयारी भएको छ ।

अन्तिम २८ जना प्रतिस्पर्धीमध्ये मिस सुदूरपश्चिमलाई सीधै प्रवेश गराएको छ । यसपटक इतिहासमै पहिलोपटक झन्डै ८०० जनाले मिस नेपालमा आवेदन दिएका थिए । मापदण्डमा लचिलो नियम ल्याइएपछि आवेदन बढेको बताइएको छ । कर्णाली प्रदेशको सुर्खेतमा पहिलोपटक अडिसन भएको थियो । यसपटक सातै प्रदेशमा अडिसन गरिएको थियो । मिस नेपालको ग्रान्ड फिनाली असार ४ गते हुने भएको छ ।


Published :जेष्ठ ६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media