हरिवनको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुढाथोकी र  उपमेयरमा नेकपा एमालेकी हरिमाया घलान निर्वाचित भएकी छिन् ।

हरिवन नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयरमा माओवादी केन्द्रका बुढाथोकीले एमालेका गणेशप्रसाद प्रसाईलाई १५३ मतान्तरले पराजित गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रसाईसगँ पराजित भएका बुडाथोकीको यो जितलाई बदलाको रुपमा सहेत हेरिएको छ ।

उपमेयरमा एमालेकी हरिमाया घलान १५३४ मतान्तरले विजयी भएकी छिन् । घलानले कुल ६८५५ मतसहित विजयी हासिल गर्दा  निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार पद्मा मोक्तानले ५३२१ मत मात्र प्राप्त गर्दै पराजित भइन् ।

हरिवन वडाध्यक्षमा एमालेका ५ जना, कांग्रेसका ४ जना र एकीकृत समाजवादीका दुईजना विजयी भएका छन् ।


Published :६ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media