करुणा अस्पतालमा तनाव ,स्थानीयहरुको विरोध प्रदर्शन

काठमाडौ । बूढानिलकण्ठ नगरपालिका वडा नं १० का ४१ वर्षीय नवराज बानियाँको उपचारका क्रममा मृत्यु भए पछी बूढानीलकण्ठ १३ चुनिखेलमा रहेको करुणा अस्पतालमा तनाव उत्पन्न भएको छ।

जेष्ठ ८ गते राति ७ बजेको समयमा छातीमा सामान्य दुखाइ भएपछि आफै गाडी चलाएर करुणा अस्पताल पुगेका बानियाँको सो अस्पतालको इमर्जेन्सीमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो।

अस्पतालमा डाक्टर नभएको र त्यहीँ कार्यरत हेल्थ असिस्टेन्टले उपचार गर्दा बानियाको ज्यान गएको भन्दै मृतकका आफन्त र स्थानीयहरुले अस्पतालमा प्रदर्शन गरेका छन् ।

राती भएको प्रदर्शनका क्रममा निकै तनाव उत्पन्न भएपछी प्रहरी परिचालन गरिएको थियो भने अस्पताल र पिडित पक्ष विच भएको छलफल समेत विना निस्कर्ष टुंगिएको थियो।

निकै सामान्य अवस्थामा अस्पताल पुगेका विरामीको उपचारमा लापरवाही गर्दै ज्यान माथि नै खेलवाड गरिएको भन्दै स्थानीयहरुले आज जेष्ठ ९ गते १० बजे देखि अस्पतालमा प्रदर्शन गर्ने मृतकका आफन्तले जानकारी दिएका छन।


Published :९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media