दोहोरो अङ्कले बढ्यो शेयर बजार

राष्ट्रपाटी न्युज

१० जेष्ठ २०७९
काठमाडौं । नेपाली सेयर बजार (नेप्से) मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ ।

मंगलबार नेप्से परिसूचक १६.३२ अंकले बढेर २२ सय १७ दशमलव १९ अङ्कमा पुगेर बन्द भएको छ ।

सोमबार नेप्सेमा ३४.२१ अंकले गिरावट आएको थियो । बढेको सेयर बजारमा सेन्सेटिभ इन्डेक्स ३।६२ अङ्कले बढेर ४ सय ३२ दशमलव ७८ अङ्कमा पुगेको छ ।

मंगलबार नेप्से परिसूचक सुधार आएपनि कारोबार रकममा भने सोमबार भन्दा २८ करोड ७ लाख रुपैयाँले गिरावट आएको छ ।

सेयर बजारमा मंगलबार ३१ लाख ७ सय ३० कित्ता कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा ३९ लाख १७ हजार ६ सय ५५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा २ सय २४ कम्पनीको सेयर खरिदबिक्री भएकोमा १ सय ६० कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् ।

मंगलबारको बजारमा म्यूचल फन्ड र ट्रेण्डिङ सेक्टर बाहेक अधिकांश सेक्टरका लगानी कर्ताले नाफा कमाएका छन् ।


Published :१० जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media