चलचित्र ‘कबड्डी-४’ आजबाट देशभर एकसाथ प्रदर्शन

राष्ट्रपाटी न्युज

१३ जेष्ठ २०७९

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी-४’ आज (शुक्रबार)बाट देशभर एकसाथ प्रदर्शन भएको छ । प्रदर्शनअघि नै हाइप बनाएको यो चलचित्रको बुकिङ आक्रामक देखिएको छ । बिहीबार साँझसम्म क्युएफएक्स चेनको मल्टिप्लेक्सले १०२ शोज दिएका छन् । पछिल्लो समय हलिउडदेखि दक्षिण भारतीय चलचित्रले पनि यति धेरै शोज पाउन सकेका थिएनन् ।

‘कबड्डी-४’ मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाउने पहिलो चलचित्र बनेको छ । विदेशी चलचित्र ‘केजिएफ च्याप्टर-२’ले क्युएफएक्समा ८० शो पाएको थियो । काठमाडौंमा सुरुमा ९८ वटा शो दिएको क्युएफएक्समा शो बढ्ने क्रम जारी छ । विग मुभिजले १६ वटा शो बनाएको छ । ‘केएलले १७ वटा, वान सिनेमामा १६ वटा शो छ’, निर्देशक रामबाबु गुरुङले भने- ‘नेपाल सबैभन्दा धेरै शो पाएको यो नै पहिलो चलचित्र हो । करिब ९० प्रतिशत टिकट रिलिजअघि नै बिक्री भइसकेको छ ।’
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङलगायतको मुख्य अभिनय रहेको छ । यो चलचित्र नेपाली भाषी बसोबास गर्ने भारतका एक दर्जनभन्दा धेरै सहरमा पनि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।


Published :१३ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media