बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)

राष्ट्रपाटी न्युज

१६ जेष्ठ २०७९

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आज सोमबार बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका हुन् ।

सरकारले ‘नमुना वडा समाजवादी कार्यक्रम’ कार्यान्वयन गरिने, सरुवा रोगहरूको जोखिम नियन्त्रण र कोभिड–१९ जस्ता महामारीको प्रतिकार्यको प्रभावकारी व्यवस्थापनको लागि कम्तीमा ५० बेडको सुविधा सम्पन्न प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने कार्यलाई अगाडि बढाउने भएको छ ।

‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत विपन्न नागरिकलाई क्यान्सर, हृदयाघात, मस्तिष्काघात र अप्स्टेट्रिक फिष्टुला लगायतका रोगको उपचारमा दिइँदै आएको सहुलियत व्यवस्थालाई थप प्रभावकारी बढाउने, मृगौला रोगीका लागि सञ्चालित निःशुल्क डायलासिस सेवा प्रदेश मातहतका सबै अस्पतालहरूमा विस्तार गर्ने, सशस्त्र संघर्ष (जनयुद्ध) र जनआन्दोलनको घाइतेलाई प्रादेशिक अस्पतालहरूबाट निःशुल्क उपचारको व्यवस्था, आयुर्वेद औषधिमा आत्मनिर्भर हुन चितवनको रत्ननगरमा आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालन गर्ने, किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन तथा परामर्श सेवा प्रवाह गर्न ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई थप प्रभावकारी बनाइ विस्तार गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको छ ।

हेटौंडा, भक्तपुर, त्रिशूली, सिन्धुली, धादिङ, बकुलहर र पशुपति चौलागाई स्मृति अस्पताललाई विशिष्टिकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालको रूपमा स्तरोन्‍नति गर्ने, हेटौंडा अस्पताललाई दुई सय बेडको अस्पतालमा स्तरोन्‍नति गरी धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँगको सहकार्यमा मृगौला प्रत्यारोपण सेवा समेत विस्तार गर्ने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विस्तार र सुदृढीकरण गर्दै लगिनेछ। प्रतिष्ठान अन्तर्गतको आफ्नै अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अघि बढाउने सरकारको नीति तथा कार्यक्रम रहेको छ ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ

 

 


Published :१६ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media