
काठमाडौं । सेयर कारोबार साताको चौथो दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा पुगेको हो। अघिल्लो दिन बुधबार परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ विन्दुमा पुगेको थियो। त्यसअघि मंगलबार परिसूचक २६.१६ अंकले घटेको थियो।
सामान्य अंकले नेप्से घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा कमी आएको छ। यसदिन ३४६ वटा स्क्रिप्सको १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयर ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ४ अर्ब ९८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर सर्वाधिक १२.५७ प्रतिशतले बढ्दा शिखर पावर डेभलपमेन्टको ७.९१,एशिएन हाइड्रोपावरको ७.८८ ,रिभर फल्स पावरको ४.९५ र एसवाई प्यानल नेपालको ३.८१ प्रतिशतले बढ्यो।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १०.३८ प्रतिशतले घट्दा माइ खोला हाइड्रोपावरको ९.११ प्रतिशतले ओरालो लाग्यो। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीले २६ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।
आँखु खोला जलविद्युत कम्पनीले २१ करोडको सेयर कारोबार गर्दा नेसनल हाइड्रोपावरले १९ करोड,शिवम् सिमेन्टले १७ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १५ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये ९८ वटा स्टक्सको मूल्य बढ्दा १६१ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। बैंकिङ र मनु एण्ड प्रो समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।