युक्रेनको गोलाबारीमा मारिए फ्रान्सका पत्रकार

राष्ट्रपाटी न्युज

१८ जेष्ठ २०७९

किभ । युक्रेनमा फ्रान्सका पत्रकार मारिएका छन् । पूर्वी युक्रेनमा पर्ने दोनबासस्थित सेभरोदोनेस्क शहरनजिकै गोलाबारीमा परी पत्रकार फ्रेडरिक लेक्लर इमोफको ज्यान गएको हो ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले उनको मृत्युको पुष्टि गरेका छन् । लुहान्स्क क्षेत्रका गभर्नर सेर्गेइ हाइदेइले ग्रिनेडको टुक्राले घाँटीमा लागेर उनको निधन भएको बताए । पत्रकार इमोफ फ्रान्सको बिएफएम टिभीका लागि युक्रेनमा कार्यरत रहेका थिए ।

पत्रकार इमोफको निधनसँगै रुस युक्रेन युद्धको समाचार संकलनका क्रममा अहिलेसम्म ३२ पत्रकार मारिएको युक्रेनका राष्ट्रपति भोलीडिमीर जेलेन्स्कीले दाबी गरेका छन् । (एजेन्सी)


Published :१८ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media