‘कबड्डी–४’ को ५ दिनको कमाइ १२ करोड !  

राष्ट्रपाटी न्युज

१९ जेष्ठ २०७९

काठमाडौं । कोरोना महामारीबाट थलिएको चलचित्र क्षेत्र विस्तारै लयमा फर्किएको छ । नेपाली चलचित्रले पनि विस्तारै विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न थालेका छन्, दर्शकको मत तान्न थालेका छन् । उदाहरणका रुपमा नेपाली कथानक चलचित्र ‘कबड्डी–४’लाई लिन सकिन्छ ।
प्रदर्शनको पाँच दिनमै सो चलचित्रले १२ करोड ५५ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । यो हालसम्मकै छोटो समयमा भएको धेरै कमाउन चलचित्र बनेको छ ।
गत शुक्रबारबाट रिलिज भएको यो चलचित्रले अहिले पनि उत्साहजनक रुपमा व्यापार गरिरहेको छ । अझै केही दिन चलचित्रले राम्रो व्यापार गर्नेमा चलचित्र निर्मातादेखि वितरक समेत आवादी देखिएका छन् ।
यो चलचित्रले क्यूएफएक्स चेनमा मात्रै ९८ शो पाएको थियो । यसअघि सबैभन्दा धेरै शो पाउने चलचित्र ‘केजीएफ च्याप्टर–२’ ८० शो पाएको थियो ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, बुद्दि तामाङ, विजय बराललगायत कलाकारको मुख्य भूमिका छ ।
पहिलो हप्ता कलेक्सनको ५० प्रतिशत सेयर निर्माताको हातमा पर्छ । दोस्रो हप्ताबाट निर्माताको सेयर क्रमशः घट्दै जान्छ । सिनेमा हलको सेयर बढ्दै जान्छ । यो चलचित्रले प्रदर्शन अगावै डिजिटल र ओभरसिज राइट्सबाट लगानी उठाइसकेको थियो ।


Published :१९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media