राष्ट्र निर्माणको शक्ति एमाले मात्र होः शंकर पोखरेल

राष्ट्रपाटी न्युज

२१ जेष्ठ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनले देश विकासमा कुनै योगदान गर्न नसक्ने बताएका छन् । एमालेसँग एक्लै भिड्ने शक्ति नभएर गठबन्धन गरेको उल्लेख गर्दै पोखरेलले राष्ट्र निर्माणको शक्ति एमाले मात्र भएको बताए ।

पार्टी केन्द्रीय कार्यालयमा आज नवगठित केन्द्रीय सहकारी विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले निर्वाचनको परिणामबाट एमालेका नेता कार्यकर्ताले बिचलित हुनुनपर्ने बताए ।

पोखरेलले सहकारीहरुलाई गरिबी निवारणको प्रमुख माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् । एमालेका नेता कार्यकर्ताले सञ्चालन गरेका सहकारीको अनुशरण अन्य सहकारीहरुले गर्न लायक हुनुपर्ने पोखरेलले बताए ।


Published :२१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media