प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्नुपर्छः प्रधानमन्त्री देउवा

राष्ट्रपाटी न्युज

२२ जेष्ठ २०७९

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनले देशबाट गरिबी हटाई युवाहरुलाई स्वदेशमा नै रोजगारी प्रदान गर्न प्राकृतिक स्रोतसाधनको उपयोग गर्नुपर्ने बताए ।

काठमाडौमा आज आयोजित सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको साधारणसभामा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम क्षेत्रमा विगतको तुलनामा अहिले हवाई मार्ग र सडक मार्ग मार्फत पूर्वाधारमा विकास भएपनि गरिबीको दर भने नघटेको दाबी गरे ।

प्रधानमन्त्री देउवाले संघ तथा प्रदेशहरुले समन्वय गरी नीति, नियम र कानुन बनाई गरिबी र असमानतालाई हटाउनुपर्ने, विकासको बाढी ल्याउन सबैबीच सहकार्यको आवश्यकता रहेको बताए । उनले सुदूरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकासका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए ।


Published :२२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media