एमाले फोहोरी भयो , त्यसैले कांग्रेस प्रवेश गर्नुपर्यो – खेम मिश्र

राष्ट्रपाटी न्युज

२३ जेष्ठ २०७९

काठमाडौं । नेकपा एमाले ओखलढुंगाका नेता खेम मिश्र नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मिश्र नेकपा एमाले ओखलढुंगाको चम्पादेवी गाउँपालिका कमिटीका पूर्व अध्यक्ष समेत रहेका थिए।

नेकपा एमालेले गाउँपालिका अध्यक्षको टिकट उनलाई नदिएर भर्खरै माओबादि केन्द्रबाट एमाले प्रवेश गरेका खड्ग बहादुर कार्कीलाई दिएपछि उनले बागी उम्मेदवारी दिएका थिए। उनी खरायो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए। ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा नेकपा एमाले पराजित भएको थियो। आज मिश्र र उनकी श्रीमती कविता मिश्र प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बागी उम्मेदवारी दिएपछि एमालेले मिश्रलाई गाउँपालिका कमिटी अध्यक्षसहित साधारण सदस्यबाट समेत निष्कासन गरेर उनकै वडाका पुर्व अध्यक्ष झम्कहरी बडाललाई अध्यक्ष बनाएको थियो ।

यसैबीच राष्ट्रपाटीसंग बिशेष कुराकानी गर्दै मिश्रले एमाले शुद्व एमाले मात्र नभई फोहोरी भैसकेकोले एमाले छाडेको बताएका छन्। हिजो देखि दुख गरेर निर्माण गरेको एमाले अन्य व्याक्तिहरुले कब्जा गरिसकेकोले अब एमाले बनिरहनुको कुनै अर्थ नभएको उनको तर्क छ ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा गलत ढंगले टिकट वितरण गरिएको भन्दै ओखलढुंगामा थुप्रै कार्यकर्ताहरु असन्तुष्ट छन् भने एमालेले व्यापक पराजय समेत वेहोर्नुपरेको छ।


Published :२३ जेष्ठ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media