काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा चारवटा मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।
सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्यप्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा आज पनि विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकहरूमाथि छलफल जारी हुने भएको छ ।
बैठकमै सांसद सुवालले विनियोजन विधेयक, २०७९ अन्तगत शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि विनियोजन विधेयक २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्चा कटौटीको प्रस्ताव पेस गर्ने कार्यतालिका रहेको छ ।