सुनको मूल्य ५०० ले बढ्यो

राष्ट्रपाटी न्युज

२६ जेष्ठ २०७९

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९८ हजार पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९७ हजार थियो ।  त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ ।


Published :२६ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media