नेप्से दोहोरो अंकले घट्दा २ अर्ब ६८ करोडको कारोबार

राष्ट्रपाटी न्युज

असार १५, २०८३

काठमाडौं । सेयर कारोबार साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा अडिएको छ।

३५१  वटा स्क्रिप्सको ७६ लाख ९९ हजार  २२७ कित्ता सेयर २ अर्ब ६७ करोड १८ लाख  ३२ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा २४० वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

नेप्से परिसूचक दोहोरो अंकले घटेपनि चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। टक्सार पिखुवा खोला हाइड्रोपावर,याम्बलिङ हाइड्रोपावर,स्नो रिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाो सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा ग्लोबल आइएमइ बैंक शीर्षस्थानमा रह्यो। सो बैंकले ८ करोड ८३ लाख  मूल्य बराबरको सेयर कारोबार गर्यो।
सोपान फर्मास्क्युटिकल्सको ८ करोड ८० लाखको कारोबार हुँदा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ८ करोड ७० लाख,रिलायन्स स्पिनिङ्ग मिल्सले ८ करोड १३ लाख र आँखु खोला जलविद्युतले ७ करोड ९९ लाख मूल्य बराबरको कारोबार गरे।

यसदिन १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्। फाइनान्स,होटल्स एण्ड टुरिजम,मनु एण्ड प्रो र नन लाइफ इन्स्योरेन्सको सेयर १ प्रतिशत बढीले घट्यो।


Published :असार १५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media