सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, कहाँ जान कति ? (सूचीसहित)

राष्ट्रपाटी न्युज

जेष्ठ २७, २०७९

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएकै दिन सार्वजनिक यातायातको भाडा फेरि बढेको छ।

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तरप्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । यसअघि ११ जेठमा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो ।

नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकैपटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडीभाडासमेत बढाउने निर्णय गरेको छ ।

इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा २७ जेठबाटै लागू हुने भएको छ ।

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागले जारी गरेको सूचनामा जनाइएको छ ।

हेर्नुहोस् सूची 


Published :जेष्ठ २७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media