गत २४ घण्टामा भारतमा सात हजार ५८४ जना थपिए कोरोना सङ्क्रमित

राष्ट्रपाटी न्युज

२७ जेष्ठ २०७९

नयाँदिल्ली । भारतमा बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधिमा थप सात हजार ५८४ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार २६७ रहेका छन् । यो कुल सङ्क्रमितको ०.०८ प्रतिशत भएको जनाइएको छ । हिजो कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका थिए ।

बिहीबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा तीन हजार ७९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४४ हजार ९२ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७० प्रतिशत रहेको छ ।

गत २४ घण्टाको समायावधीमा कोरोना महामरीको कारण २४ जनाको मृत्यु भएपछि पाँच लाख २४ हजार ७४७ जना पुगेका छन् ।

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ४० लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ७६ लाख भन्दा बढी डोज खोप लगाइएको छ । (रासस/एएनआई)


Published :२७ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media