करको दर हेरफेरबारे अर्थमन्त्रीले संसद्लाई जानकारी दिनुपर्ने एमाले सांसद भट्टराईको माग

राष्ट्रपाटी न्युज

३० जेष्ठ २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत् विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत् करको दरमा तलमाथि गरिएको आरोप लगाए ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि गरिएको र अनधिकृत व्यक्तिलाई बजेट निर्माणको अन्तिम दिन प्रवेश गराइएको आरोप लगाए । उनले अर्थमन्त्रीले संसद्को बैठकमा त्यसबारेमा जानकारी गराउनुपर्ने माग गरे ।


Published :३० जेष्ठ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media