दुबईबाट नेपाल आएका युवकमा मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखियो

काठमाडौं । युरोपमा संक्रमणको केन्द्र बनेको मंकीपक्स नेपालमा भित्रिएको शंका गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा दुबइबाट नेपाल आएका एक युवकमा मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको छ ।

दुबइबाट आएका २६ वर्षिय ती पुरुषमा मंकीपक्स संक्रमणको संका देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनको उपचार भइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा उनमा मंकीपक्सको शंका गरिएको थियो ।


Published :२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media