भुलभुलैयामा पारेर एसपीपीमा हस्ताक्षर गराउन सक्ने खतरा अझै रहेको माधव नेपालको तर्क

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा ‘ह्विस्की’ खुवाएर सम्झौतामा हस्ताक्षर गराउने प्रयास हुने भएकाले सचेत गराएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई यसप्रति सचेत रहन भनेका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा आफ्नो धारणा राख्दै अध्यक्ष नेपालले ‘ह्वस्किी’ खुवाएर सम्झौता गराउने आशंका गर्दै प्रधानमन्त्रीलाई सचेत हुन आग्रह गरे ।

अमेरिकन सरकारले देउवालाई भुलभुलैयामा पारेर हस्ताक्षर गराउन सक्ने खतरा अझै रहेको तर्फ नेपालको आशंका कायमै छ । ‘मिठो पारामा फकाएर ह्विस्की खुवाएर हस्ताक्षर गरिएला ख्याल गर्नुहोला’ नेपालले भनेका छन् ।

अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई सो बारेमा जानकारी माग गरेको पनि बैठकमा सुनाए । उनले भने- ‘मैले प्रधानमन्त्रीलाई सोध्दा उहाँले एसपीपीमा हस्ताक्षर गर्दिन कसैले भने पनि म गर्दिन भनेर भन्नू भो । यसो हेर्दा उहाँ अडानमा हुनुहुन्छ । उत्तरी सिमामा सैन्य गतिविधि हुन दिन्न भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा म आश्वस्त भएको छु । कुनै पनि मुलुकको दवदवा स्वीकारिँदैन ।


Published :३ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media