प्रियंका रानी जोशी बनिन् २०२२ की मिस नेपाल (फोटो फिचर)

काठमाडौँ । सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन् ।

शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन् । उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन् ।

मिस नेपाल बनेसँगै उनले टाटा टियागो मिस डिलाइटको उपाधि पनि जित्न सफल भएकी छिन् ।

त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो । नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए ।

कोभिड-१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो । द काठमाडु पोस्ट डाबर अमला मिस ब्युटिफुल हेयरको उपाधि रोज कँडेल, बर्जर मिस ग्ल्यामरको उपाधि सोफिया श्रेष्ठले जित्न सफल भएका छन् । द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको हो ।


Published :४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media