काठमाडौँमा हैजा संक्रमण फैलन सक्ने चेतावनी

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको आकस्मिक कक्षमा झाडापखालाका बिरामी बढ्दो छ । आइतबार मात्र झाडापखालाका १० जना बिरामी भर्ना भएका थिए भने सोमबार पनि ७–८ जना नयाँ बिरामी आएका छन् ।

बिहीबार एकै दिन २२ जना झाडापखालाका बिरामी अस्पताल पुगेका थिए । दैनिक ८–९ जना झाडापखालाका बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । त्यसैले सर्वसाधारणलाई उनले सतर्क रहन आग्रह गरेका छन् ।

झाडापाखालाका बिरामीको बढ्दो संख्याले काठमाडौंमा संक्रमण फैलिएको त छैन भन्ने प्रश्न उब्जाएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । किनकी अस्पतालमा भर्ना भएका दुई दिदीबहिनीमा २ जेठमा हैजा रोगको पुष्टि भएको थियो ।

अहिले अस्पतालको आईसीयूमा उपचारत थप तीनजनामा पनि हैजाको आशंका गरिएको छ । उनीहरुमध्ये एकजना कालिमाटी फलफुल तथा तरकारी काम गर्ने महिला हुन् भने अरु दुई पुरुष सानेपा र सिन्धुपाल्चोककामा मजदुरी गर्नेहरु छन् ।

चिकित्सकका अनुसार अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्दा उनीहरुको रक्तचाप एकदमै न्युन थियो । उनीहरुको आरडीटी पोजेटिभ देखिएको छ, तर कल्चरको रिपोर्ट आइसकेको छैन । ‘कल्चर रिपोर्ट नहेरेसम्म यकिनका साथ भन्न सकिँदैन ।


Published :७ असार २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media