नेपालमा पछिल्लो २४ घण्टामा ३१ जना थपिए कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । तर सो समयमा कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५५७ जनाको पीसीआर परीक्षणमा २८ जना र ८५० जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ३१ जना संक्रमित थपिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना निको भएका छन् भने हाल देशभर १४२ जना सक्रिय संक्रमित रहेका छन् ।

तीमध्ये १३९ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइसोलेसन र १ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको  छ ।


Published :८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media