टिपर र मोटरसाइकल एकआपसमा ठोक्‍किए, २ जनाको मृत्यु

काठमाडौं । टिपर र मोटरसाइकल एकआपसमा ठोक्‍किँदा २ जनाको मृत्यु छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा८९प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको हो । मृतकमध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डिएसपी राजु पाण्डेले जानकारी दिए । २०–२१ वर्षको जस्तो देखिने अर्का एक युवकको भने सनाखत हुन बाँकी छ । शव भक्तपुर अस्पतालमा राखिएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको थियो । टिपर चालक दोलखाको मेलुङ–३ घर भइ हाल काठमाडौंको सुकेधारा बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


Published :९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media