बङ्गलादेशमा डेंगी सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

असार १७, २०८२

ढाका । बङ्गलादेशमा जुन महिनामा डेंगीका मामिला उल्लेखनीय रूपमा बढ्दा यस वर्ष अहिलेसम्म १० हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ४२ जनाको मृत्यु भएको जनाइएको छ।

मे महिनामा एक हजार सात सय ७३ मानिस भाइरल रोगबाट सङ्क्रमित भएपछि जुनसम्म पाँच हजार नौ सय ५१ थप डेंगीका घटनाहरू रेकर्ड गरिएको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशालय (डिजिएचएस) ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले यस वर्ष अहिलेसम्म डेंगीका सङ्क्रमितको सङ्ख्या १० हजार दुई सय ९६ पुगेको देखाएको छ।

सोमबार स्थानीय समयअनुसार ८ः०० बजेसम्म २४ घण्टामा राजधानी ढाकामा ८७ सहित कुल चार सय २९ नयाँ डेंगीका घटना रिपोर्ट गरिएको डिजिएचएसको तथ्याङ्कले देखाएको छ।

जुनमा १९, मेमा तीन, अप्रिलमा सात, फेब्रुअरीमा तीन र जनवरीमाा १० जनाको मृत्यु भएको डिजिएचएसले जनाएको छ।

यस वर्ष जनवरी १ देखि जुन ३० सम्म देशभरका विभिन्न अस्पतालबाट उपचारपछि नौ हजार ८७ जना डेंगीका बिरामी घर फर्केका छन्।

जुन–सेप्टेम्बर मनसुन अवधि बङ्गलादेशमा डेंगी ज्वरोको मौसम हो। बङ्गलादेशे लामखुट्टेबाट हुने रोगहरूको उच्च जोखिममा रहेको राष्ट्र हो। (रासस/सिन्ह्वा)


Published :असार १७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media