थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २४ सय ९४ जनामा गरिएको परीक्षणबाट ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ सय ३४ जनाको पीसीआर र १२ सय ६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

यस्तै, हाल नेपालमा एक सय ६७ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार नौ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १६३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १६० जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ ।


Published :९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media