मूल्यवृद्धिको विरोधमा संयुक्त ट्रेड युनियन संघर्ष समितिको प्रदर्शन

काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिको विरोधमा संयुक्त ट्रेड युनियन संघर्ष समितिले प्रदर्शन गरेको छ ।

काठमाडौँको माइतीघर मण्डलामा भएको प्रदर्शनपछिको सभामा सम्बोधन गर्दै ट्रेड युनियनका नेताहरुले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।

नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरीले मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिँदै उनले दलहरुलाई सरकारमा लैजाने पनि मजदुर भएको र अब सडकमा ल्याउने पनि मजदुर नै भएको बताए । उनले मूल्यवृद्धिले मजदुरलाई परेको समस्या बुझ्न सरकारलाई आग्रह गरे ।

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि त्यसको चौतर्फी विरोध प्रदर्शनहरु गरिएको छ ।


Published :९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media