सार्वजनिक सवारीको भाडा घट्यो, कहाँ जान कति लाग्ने ? (सूचीसहित)

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारीसाधनको भाडा घटेको छ । यातायात व्यवस्था विभागले आजदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आइतबार सार्वजनिक सवारीको भाडा घटाएको हो ।

विभागका अनुसार यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाएको छ ।

सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो ।

यस्तो छ नयाँ गाडीभाडा दर


Published :१२ असार २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media