पछिल्लो २४ घण्टामा २९ जना थपिए कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सो समयमा कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७ जनाको पीसीआर परीक्षणमा २१ जना र ६५३ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी २९ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर १९२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १८६ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९६५ पुगेको मन्त्रालयले जनाएको छ ।


Published :१२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media