बुढानिलकण्ठ नगरपालिकाले बिशेष पोलियो खोप अभियान संचालन गर्ने

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिकाले बिशेष पोलियो खोप अभियान संचालन गर्ने भएको छ। यहि साउन ९, १०, ११ र १२ गते बुढानिलकण्ठ नगरपालिकाका बिभिन्न बिधालय र घर घरमा गएर पोलियो खोप खुवाइने भएको हो।

काठमाडौ उपत्यकाका तिनवटै जिल्लामा पोलियो भाइरसको जोखिम देखिएपछि नेपाल सरकारले यो बिशेष पोलियो खोप अभियान संचालन गर्न लागेको हो।

उक्त अभियान अन्तर्गत ५ बर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुलाई अनिवार्य रुपमा खोप खुवाउन लागिएको हो।

बिगतमा नियमित खोप कार्यक्रममा पोलियो खोप लिएको भएतापनि यो अभियानमा समेत अनिवार्य खोप लिनुपर्ने बुढानिलकण्ठ नगरपालिकाका जनस्वास्थ्य अधिकृत उपमा दाहालले जानकारी दिएकि छन्।


Published :साउन ८, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media