तोलामा ४०० ले बढ्यो सुनको मूल्य

काठमाण्डौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९७ हजार ७०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको सुन सोमबार बढेर ९७ हजार ७०० छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ ।


Published :१३ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media