नेपालमा थप ४१ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४१ जना संक्रमित थपिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने हाल देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २०२ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ पुगेको छ ।


Published :१३ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media