थप ४४ जना कोरोना संक्रमित, १७ जना निको

राष्ट्रपाटी न्युज

असार १४, २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सो समयमा कसैको मृत्‍यु भने भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३८ जना र ९४६ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४४ जना संक्रमित थपिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २२९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २२३ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ५० पुगेको मन्त्रालयले जनाएको छ ।


Published :असार १४, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media