त्रिवि सेवा आयोगको १०२ पदको परीक्षामा सबै परीक्षार्थी फेल (नतिजासहित)

काठमाडौं । त्रिवि सेवा आयोगले लिएको १०२ पदको परीक्षामा सहभागी सबै परीक्षार्थी फेल भएका छन् । आयोगले लिएको प्रशासनिक तथा प्राविधिकतर्फको परीक्षामा सहभागी सबै परीक्षार्थी फेल भएका हुन् ।

मंगलबार आयोगले सार्वजनिक गरेको उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत तहको खुलातर्फको परीक्षामा एकजना पनि परीक्षार्थीले पास गर्न सकेनन् ।

उपप्रशासक पदमा ४ जनाको माग गरिएकोमा १२ जना लिखित परीक्षामा सहभागी भएका थिए भने शाखा अधिकृतमा ४० पदका लागि ५४२ जना, मुख्य कार्यालय सहायकमा ४३ पदका लागि ७७७, आर्थिक उपनियन्त्रकमा दुई पदका लागि ३, लेखा अधिकृत १५ पदका लागि १२९ ले परीक्षामा सहभागिता जनाएका थिए । तर ती पदमा एकजना पनि परीक्षार्थी पास भएनन् ।

आयोगले परीक्षामा मर्यादा विपरीत गतिविधि गर्ने १३८ जनाको परीक्षा रद्द गरेको छ । लेखा सहायक, मुख्य लेखा सहायक र कार्यालय सहायकमा भने परीक्षार्थी पास भएका छन् ।

२०७७ कात्तिक २८ गतेदेखि मंसिर १६ गतेसम्म र माघ २५ देखि फागुन २७ सम्म लिएको प्रशासनिक तथा प्राविधिक पदहरुको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले उतीर्ण परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता असार २८ गते त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोकमा बिहान ११ बजे हुने जनाएको छ ।

हेर्नुहोस् त्रिविद्वारा जारी सूचना

 


Published :१५ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media