थप ६२ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६२ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० परीक्षणमा ६२ जना संक्रमित थपिएका हुन्

एक हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । जसमध्‍ये २५६ जना होम आइसोलेसनमा रहेका छन् भने ५ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ११२ पुगेको छ ।

योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ४४५ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।


Published :१५ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media