५५ जना कोरोना संक्रमित थपिँदा सक्रिय संक्रमितको संख्या २८० पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५५ जना कोरोना भाइरसका  संक्रमित थपिएका छन् भने सो समयमा कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५३२ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार १६६ जनाको एन्टीजेन परीक्षणमा १९ जना गरी ५५  जना संक्रमित थपिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २८० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २७४ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसनमा र ३ जना आईसीयूमा उपचाररत रहेका छन् ।

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार १६७ पुगेको मन्त्रालयले जनाएको छ ।


Published :१६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media